Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


आईपीएल क्रिकेटमा राजस्थान रोयल्सकाे मुम्बई इन्डियन्समाथि शानदार जित

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदै

637
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ ।

भारतकाे गुवाहाटीमा मंगलबार राति वर्षाका कारण खेल ढिलो शुरू भएपछि ११ ओभरमा सीमित गरिएको थियो । टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १ सय ५० रन बनायो । राजस्थानका ओपनर यशस्वी जैसवालले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा १० चौका र ४ छक्कासहित ७७ रन बनाए का थिए।

मुम्बईका बलर अल्लाह गजनफरले २ विकेट लिएका छन् । १ सय ५१ रनको लक्ष्य पछ्याएको मुम्बईको शुरुवात राम्रो हुन सकेन । पावर प्लेभित्रै ३ विकेट गुमाएको मुम्बई ११ ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनमा सीमित भयो । मुम्बईका लागि शेर्फेन रदरफोर्ड र नमन धिरले समान २५ रन बनाएका छन् । राजस्थानका बलर सन्दीप शर्मा, नान्द्रे बर्गर र रवि बिश्नोईले समान २ विकेट लिए । राजस्थानले लगातार तेस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हाे । मुम्बईले भने तेस्रो खेलमा लगातार दोस्रो हार बेहोरेको छ ।

आईपीएलमा बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । साेही खेल नेपाली समयानुसार दिल्लीमा बुधबार राति पौने ८ बजेदेखि शुरू हुने भएकाे छ।