Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


ओली-लेखकले जेनजी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सक्नुपर्छ : महावीर पुन


390
Shares

काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन् ।

मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो टिप्पणी गरे ।

सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भएपनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हच्किच्याउन नहुने बताए । मातहतका कर्मचारीले गरेको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने उनको तर्क थियो ।

उनले भने ‘आज उनीहरूले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरू थिए नि त । अनि थाहा पाइएन भनेर सुख पाइन्छ रु आफू प्रमुख हुँदा आफू मातहतका कसैले गल्ती गर्यो, बिरायो भने बिराएछ भनेर भन्न त सक्नु पर्यो नि त । ल म क्षमा माग्छु पनि भन्नुपर्यो । क्षमा मागेर को मान्छे घट्छ रु घट्दैन नि । बिराएको कुरा, गल्ती भएको कुरालाई आफू जिम्मेवार व्यक्ति भएपछि गल्ती स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने रु त्यो मेरो आफ्नो मनको कुरा हो ।’

फरक प्रसङ्गमा सांसद पुनले संसद्मा सांसदहरूले राखेका माग सरकारले सम्बोधन गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।