Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त


884
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।

संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो ।

उनले यस अघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशको भूमिका थिए । पण्डित विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।