Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


ताइवान द्वीप नजिकको हवाई क्षेत्र आगामी ४० दिनसम्म बन्द गर्ने चीनको निर्णय

ताइवानमाथि सम्भावित आक्रमणको तयारी भइरहेको अनुमान

5.8k
Shares

एजेन्सी । चीनले ताइवान द्वीपनजिक रहेको आफ्ना हवाई क्षेत्र आगामी ४० दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।

पचीनले श्चिम एशियामा जारी युद्धलाई ध्यानमा राख्दै ४० दिन साेही क्षेत्रहरुमा उडान अवतरण रोक्ने निर्णय गरेको हाे । यी जलक्षेत्रमा चीनले आफ्नो लडाकू विमान तथा विमानवाहक युद्धपोत पठाइरहेको थियो । आगममि मे महिनाको ६ तारिखसम्म ठुलो हवाई क्षेत्र बन्द गरिने चीनले जनाएको छ । अमेरिकी अखबार वालस्ट्रीट जर्नलका अनुसार चीनले बिनाकुनै जानकारी आफ्नो क्षेत्रमा ४० दिनसम्म उडान बन्द गरिने सुचना जारी गरेको हो ।

यो हवाई क्षेत्र दक्षिण कोरिया नजिकै पास पीत सागरबाट जापानको नजिक पूर्वी चीन सागरसम्म फैलिएको छ । अमेरिकाले इरान र मध्यपूर्वमा फसेका नागरिकहरुको उद्धार तथा युद्धमा आवश्यक सैन्य सामग्री ढुवानी गरिरहँदा चीनको यो सूचना आएको हाे । चीनले ताइवानमाथि संभावित आक्रमणको तयारीस्वरुप हवाई क्षेत्र बन्द गरेको हुनसक्ने अनुमान गरिएको छ ।