काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
सोमबार तोलामा दुई हजार ६ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी मंगलबार तोलामा चार हजार ८ सय २० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ४० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार ६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्