Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकपमा ओलम्पिक जिम्न्यास्टिक च्याम्पियन पेट्रोनियासको जित


104
Shares

काठमाडाैं । कायरोमा भएको आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकप फाइनलको उद्घाटन खेलमा ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा स्वर्ण पदक जितेका छन्।

पुरुष र महिलाका पाँच वटा स्वर्ण पदकको निर्णय भएको थियो । ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा आफ्नो अनुभव प्रदर्शन गर्दै स्वर्ण सुरक्षित गरेका छन् । त्यसपछि आर्मेनियाका आर्टुर एभेटिस्यानले रजत र चीनका युवा जिम्न्यास्ट लिउ याङले कास्य पदक जितेका हुन्।

पेट्रोनियासले कायरोमा प्रतिष्पर्धा गर्न अन्तिम समयमा मांसपेशी बाउँडिने समस्यालाई जितेको बताएका हुन् । उनले आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको तर भविष्यमा अझ उच्च स्कोर ल्याउने लक्ष्य राखेको बताएका हुन् । उनले आफ्नो दीर्घकालीन लक्ष्य ओलम्पिक मञ्च नै रहेको बताए ।

अप्रिल ३ देखि ६ सम्म आयोजित २०२६ आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकपले ३० भन्दा बढी देश र क्षेत्रका दर्जनौं जिम्न्यास्टहरूलाई कायरो इन्टरनेशनल स्टेडियमको इन्डोर हल परिसरमा ल्याएको छ ।