Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


इजरायली सेनाकाे आक्रमणमा परी मध्य-गाजामा ११ प्यालेस्टिनीको निधन


312
Shares

एजेन्सी । इजरायली सेनाले मध्य-गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरुले आक्रमणमा परी अन्य सयाैं घाइते भएकाे जनाएकाे हाे । सुरक्षा स्रोतले शिविरको पूर्वमा हमास सुरक्षा बल र इजरायलसँग मिलेमतो गरेको आरोप लागेका व्यक्तिहरूबीच सशस्त्र झडप भएको बताएकाे छ। इजरायली ड्रोनहरूले घटनाको समयमा हस्तक्षेप गरे, प्रत्यक्ष गोली र मिसाइलहरू प्रहार गरे जसले हताहत गराएकाे हाे ।

जसमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पताल लगिएको हाे । इजरायली सेनाबाट यस विषयमा तत्काल कुनै पनि प्रतिक्रिया आएकाे छैन ।