Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


काठमाडौंबाट लागूऔषधसहित २ जना भारतीय नागरिक प्रहरीकाे नियन्त्रणमा


403
Shares

काठमाडौं । काठमाडौंको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले साेमबार राति गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएको प्रहरीले बताएकाे छ। घुँडामुनि गोली लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको हाे । लागूऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा ब्यूरोका एसपी रेग्मी सहितको टोली उक्त क्षेत्रमा पुगेको थियो ।

प्रहरीसँग जम्काभेट हुँदा कारोबारीहरू भागेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ किलोग्राम खैरो हेरोइन बरामद गरेको हाे ।