काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्स र कोलकता नाइट राइडर्सबीचको खेल वर्षाका कारण प्रभावित भएको छ ।
कोलकतास्थित इडेन गार्डेन्समा साेमबार राति भएकाे खेलमा वर्षाले अगाडि बढ्न नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका हुन् । टस जितेर पहिले ब्याटिङ रोजेको कोलकताले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर २५ रन बनाउँदा वर्षा शुरु भएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि अम्पायरले खेल रद्द गर्ने निर्णय लिएका हुन् ।
यो नतिजासँगै पञ्जाब किंग्स ३ खेलबाट ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा प्रवेश गरेकाे छ । यसअघिका दुई खेलमा पञ्जाबले जित हात पारेको थियो । यता, सिजनको शुरुवाती दुई खेलमा पराजित भएको कोलकताले भने वर्षाको मद्दतले पहिलो अंक जोडेको छ ।
३ खेलबाट १ अंक जोडेको कोलकता तालिकाको आठौं स्थानमा रहेकाे छ ।








प्रतिक्रिया दिनुहोस्