काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।
मंगलबार बिहान देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
त्यस्तै, मंगलबार दिउँसो भने देशको हिमाली तथा पहाडी र बाँकी भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। देशका पहाडी तथा हिमाली र कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, मंगलबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू-भागमा भने आंशिक बादल लाग्नेछ ।
कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।








प्रतिक्रिया दिनुहोस्