काठमाडौं । सरकारी कार्यालय सोबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म संचालन भएका छन् ।
सरकारले इन्धन खपत घटाउनको लागि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबारको मन्त्रिपरिषद बैठकले गरेको सोही निर्णय अनुसार सोमबारदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय सञ्चालनको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम हुने भएको छ ।
मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले आइतबारै राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्था बाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय सोबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम हुने जनाएको हो ।
आगामी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गर्ने राजपत्रमा उल्लेख गरिएको छ।








प्रतिक्रिया दिनुहोस्