Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


कलाकार सागर लम्साललाई ५ दिन हिरासतमा राख्न अनुमति


0
Shares

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलाकार सागर लम्साल (बले)लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालमाथि बलात्कारको आरोप लगाएपछि शनिबार उनलाई पक्राउ गरिएको थियो।

युवतीबाट जाहेरी नआएकाले लम्सालविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।