काठमाडाैं । काठमाडौंमा युट्युबर रतन कार्की र मिन गुरुङसहितका व्यक्तिहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। अमिशा पराजुलीले आफूविरुद्ध भ्रम फैलाएर चरित्रहत्या गरेको आरोप लगाउँदै उजुरी दिएकी हुन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनमा सहभागी भएपछि पराजुली सामाजिक सञ्जालमा चर्चामा आएकी थिइन्। त्यसक्रममा उनका अभिव्यक्तिलाई लिएर विभिन्न भ्रामक सामग्री बनाइएको उनको दाबी छ।
साइबर ब्युरोका प्रवक्ता दिलिपकुमार गिरीका अनुसार घटनासँग सम्बन्धित २२ वटा फेसबुक खातालाई रिपोर्ट गरी पहिचान गर्ने काम भइरहेको छ। उजुरीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्