Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर


520
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ।

शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनप्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार र शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ। चाँदी शुक्रबार प्रतितोला चार चार हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी आइतबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार ६ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।