काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय हलमा आइतबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएकोे हो । बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको छ।
गत शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको हो। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको सचिवालयले जनाउको हो।
त्यस्तै, राष्ट्रियसभाको बैठक आइतबारै अपराह्न सवा १२ बजेदेखि सिंहदरबारमा बस्ने भएको छ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको हो ।
कार्यसूची अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्