काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।
आइतबार बिहान देशैभरी साधारणतया बादल लागेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षारहिमपात भई रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
त्यस्तै, आइतबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ। साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग र असिना-हावाहुरीसहित मध्यम वर्षा-हिमपात हुने भएको छ । लुम्बिनी , सुदूरपश्चिम प्रदेश र बाँकी तराई भू-भागका केही मेघगर्जन-चट्याङ्गरसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको हो। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएकोे छ।
त्यस्तै, राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएको हो । तराईका भू-भागमा मौसम मुख्यतया सफा रहने भएको छ। कोशी, गण्डकी, कर्णाली, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको हो।
मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्