Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


चितवनमा तीनवटा सवारीसाधन एक आपसमा ठाेक्किँदा १५ जना घाइते


0
Shares

काठमाडाैं ।

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारी चोकमा तीनवटा सवारीसाधन एक आपसमा ठाेक्किँदा १५ जना घाइते भएका छन्।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको गाडी एकापसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको बा प्र. ०३–००१ ह २५४८ नम्बरको अटोसमेत गाडीको पछाडि ठोक्किएर दुर्घटना भएकाे हाे ।

दुर्घटनामा बसमा सवार १५ जना र अटोचालक घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, ४ जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।