Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


लमजुङ जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, १२ घाइते


0
Shares

काठमाडाैं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

बेँसीसहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनापछि १४ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएकोमा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

बाँकी घाइतेहरूको उपचार भइरहेको छ, जसमध्ये २–३ जनाको अवस्था गम्भीर रहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।