एजेन्सी ।
संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासले घाइतेहरूसँग सम्पर्क गरेर उनीहरुको अवस्थाबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा गरेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार घाइते भएका भएकामध्ये एक जनाको अवस्था चिनताजनक भनिए पनि सातै जना खतरामुक्त रहेको पाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दुई जना उपचारपश्चा डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जनाको उपचार भइरहेको छ । यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको लिएर उनीहरुको अवस्थाबारे जानकारी लिएको हो ।
शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो । जसका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए ।








प्रतिक्रिया दिनुहोस्