काठमाडाैं ।
ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाईटको पालना नगर्नेहरुलाई धमाधम समातेर कारबाही शुरु गरेको हो । शनिवार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाईटको पालना नगरी हिँडेका सवारीहरुलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो ।
ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन सवारी साधन चलाउनेहरु ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् ।
यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टी जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् । ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरुको भनाई छ ।








प्रतिक्रिया दिनुहोस्