काठमाडाैं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल शुक्रबार साँझ ठोक्किँदा भुजेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्