Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


एमाले बैठक: विज्ञापन नीतिको विरोधसहित ६ निर्णय सार्वजनिक (सूचीसहित)

पार्टीका नेता तथा कार्यकर्ताविरूद्ध भइरहेको नियोजित साइबर आक्रमणको भत्सना गर्दै दोषीलाई कानूनी कारबाही गर्न माग

0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले विभिन्न ६ वटा निर्णय सार्वजनिक गरेकाे छ।

पार्टी मुख्यालय च्यासलमा शुक्रबार कार्यवाहक अध्यक्ष रामबहादुर थाफा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता चयन लगायतका विषयमा निर्णय गरेको हो । साइबर आक्रमणको निन्दा गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूविरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भत्र्सना गर्दै दोषीलाई कानूनी कारबाही गर्न माग गरिएको छ ।

एमाले केन्द्रीय सचिवालय बैठकले विभिन्न ६ निर्णय :

१. संसदीय दलको नेता चयन: पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको स्पष्ट पारेको छ ।
२. विवादित अभिव्यक्ति सच्याइएको स् कार्यवाहक अध्यक्ष बादलले संसदमा नेपाली सेना, निजामती प्रशासन र अन्य संवैधानिक निकायका बारेमा दिएको अभिव्यक्तिप्रति पार्टीले गम्भीर समीक्षा गर्दै ती निकायहरूप्रति पार्टीको सम्मान र सद्भाव यथावत रहेको स्पष्ट पारेको छ ।
३.साइबर आक्रमणको निन्दाः पार्टीका नेता तथा कार्यकर्ताहरूविरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भत्र्सना गर्दै दोषीलाई कानूनी कारबाही गर्न माग गरिएको छ ।
४. विद्यार्थी संगठनमाथिको प्रतिबन्धको विरोधः सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गरिएको छ ।
५. विज्ञापन नीतिको विरोधः सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने सरकारको निर्णयले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सो निर्णय फिर्ता लिन माग गरिएको छ ।
६. वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाः पश्चिम एसियामा जारी द्वन्द्वका कारण असुरक्षित बनेका नेपालीहरूको उद्धार र सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।