काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मड्डल्य स्थिर हुादा चाँदी भनेबढेको छ।
बिहीबार प्रतितोला तीन हजार ६ सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। चादी बिहीबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी शुक्रबार प्रतितोला चार हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबारको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार ६ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्