Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति अर्याल निर्विरोध निर्वाचित

अर्याललाई आइतबार औपचारिक रूपमा घोषणा गरि‌ने

611
Shares

काठमाडाैं । नवनिर्वाचित प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डाेलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार उम्मेदवारहरुको मनोनयन तोकिएकोमा उपसभापति अर्यालको मात्रै एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । मनोनयन दर्ताका लागि शुक्रबार दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । अब आगामी आइतबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारी बारेमा प्रस्ताव पेश गरिनेछ भने सोही सभाबाट अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरिने भएकाे छ । यसअघि शुकर्बार बिहान उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग उपसभापति अर्यालले आफू निर्वाचित भएमा संविधान र कानुनको परिधिभित्र बसेर काम गर्ने बताउनुभएको थियो ।

उपसभापति अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुखमा भने दावी गर्ने भएका हुन् ।