Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न माग गर्दै एमालेका नेतालाई उपहार स्वरूप पुष्पगुच्छा उपहार


715
Shares

काठमाडाैं । नेकपा एमालेका युवारविद्यार्थीहरुले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न पार्टी नेतृत्वमाथि दबाब दिन शुरु गरेका छन् ।

पार्टीको सचिवालय बैठकमा शुक्रबार सहभागी हुन पुगेका पार्टीका नेताहरुलाई पार्टी मुख्यालय च्यासलमा उपहार स्वरुप पुष्पगुच्छा दिँदै उनीहरुले सोही दबाब दिएका हुन् । पार्टी संसदीय दलको नेता चयनमा सांसद सुहाङ नेम्वाङलाई बनाउनुपर्छं भन्ने लविङ गर्दै आएका उनीहरुले अपेक्षाअनुसार परिणाम नआएपछि पार्टी नेतृत्वको आलोचना गर्न शुरु गरेका छन् ।

विशेष गरी अनेरास्ववियु आवद्ध विद्यार्थी नेताहरुले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अब पनि नभए एमालेमा देखिएको संकट झनै गहिरिँदै जाने भन्दै नेतृत्व हस्तान्तरणका लागि पार्टी नेतृत्वमाथि दबाब बढाएका हुन् । अहिले च्यासलमा प्रतिनिधि सभाको बिहीबारको बैठकमा संसदीय दलका नेता रामबहादुर थापाले राख्नुभएका धारणाकाे बारेमा छलफल गर्न बैठक जारी छ ।