Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


न्यायको पहिलो हक शहीदका परिवारलाईः सभापति लामिछाने


221
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीदका परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

उहाँले न्यायको हतारो सबै भन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको उल्लेख गर्नुभएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरुलाई हुने जवाफ दिनुनुभयो । उहाँले न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको भएको दावी गर्नुभएकाे छ। उहाँले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

सभापति लामिछानेले आफ्नो पार्टी र नेताहरू सधैँ ‘पब्लिक अडिट’ मा रहेको बताउनुभयो । उहाँले पार्टीका हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरूलाई नागरिकले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभएकाे छ। उहाँले रास्वपाले गर्ने हरेक निर्णय पारदर्शी हुनुपर्ने र नागरिकको अपेक्षाअनुसार नै पार्टी अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयाे।