Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सभामुखमा निर्वाचित भए संविधान र कानूनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्छुः उपसभापति अर्याल


299
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानूनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारमा शुक्रबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने बताउनुभएको हो । उपसभापति अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने समेत बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि भएको स्पष्ट पार्नुभएकाे छ।

सभामुखको निर्वाचन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा रास्वपाले आफ्नो तर्फबाट उपसभापति अर्याललाई अघि सारेको हो । अर्यालले आफ्नो कार्यकालमा व्यवस्थापकीय कार्यहरुलाई पारदर्शी र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहोर्‍याउनुभएको छ ।