काठमाडौँ । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले दल फरक भए पनि सबै एउटै देशका नागरिक भएको उल्लेख गर्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले सबै राजनीतिक शक्ति एउटै “नौकामा” रहेको बताए ।
उनले देशको राजनीतिक इतिहास स्मरण गर्दै ००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलन, सशस्त्र द्वन्द्व, ०६२/०६३ को जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न संघर्षहरूमा ज्यान गुमाएका सहिदप्रति सम्मान प्रकट गर्न आग्रह गरे ।
आङ्देम्बेले विगतका त्याग र बलिदानलाई सम्झँदै अब देशलाई सही दिशामा अघि बढाउन सबै दलले सहकार्य गर्नुपर्ने बताए । साथै, नागरिकमा नयाँ आशा, विश्वास र भरोसा जगाउने जिम्मेवारी राजनीतिक दलहरूकै भएकोमा उनले जोड दिए ।








प्रतिक्रिया दिनुहोस्