Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


रवि लामिछानेको आग्रह– ‘हामीमाथि २४ घण्टा निगरानी गरिदिनुहोस्’


260
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिपक्षी दलहरूलाई आफ्नो पार्टी र सरकारमाथि निरन्तर निगरानी राख्न आग्रह गरेका छन् ।

संसदमा बोल्दै उनले प्रतिपक्षीसँग कमजोरी औंल्याउन र गल्ती सुधार्न सहयोग गर्न अपिल गरे । उनले आफ्नो नेतृत्वको सरकार देशमा परिवर्तन ल्याउन प्रतिबद्ध रहेको पनि बताएका छन् ।

लामिछानेले जायज भए प्रतिपक्षीका प्रतिबद्धतासमेत कार्यान्वयन गर्ने उल्लेख गर्दै सहकार्यको संकेत दिएका छन् ।