Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


गृहमन्त्री गुरुङले गरे पशुपति मन्दिरमा दर्शन


156
Shares

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन्।

बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेर उनले विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गरेका उनको सचिवालयले जनाएको छ।

गृहमन्त्री नियुक्त भएपछि गुरुङ पहिलोपटक पशुपतिनाथ दर्शनका लागि गएका हुन्। हनुमान जयन्तीको अवसर पारेर उनले पशुपतिनाथ मन्दिर दर्शन गरेका बताइएको छ।

मन्दिर दर्शनपछि गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेका छन्। उनले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी पनि लिएक छन्।

यस क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले मन्दिर क्षेत्रको वर्तमान अवस्था, व्यवस्थापनका चुनौती तथा भइरहेका विकास निर्माणका कामबारे जानकारी गराएका थिए ।

गृहमन्त्री गुरुङले धार्मिकस्थलको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।