Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


पारश शाहको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो


1.2k
Shares

काठमाडौँ । पूर्वयुवराज पारश शाहको मुटुमा राखिएको ‘इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)’ को ब्याट्री फेरिएकाे छ ।

बिहीबार थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा बिहान साढे ९ बजे उक्त प्रक्रिया सम्पन्न गरिएको उपचारमा संलग्न डा. यादव भट्टले जानकारी दिए ।

मुटुको मांसपेशी कमजोर भएका बिरामीमा प्रयोग हुने आईसीडीको ब्याट्री फेरेपछि शाहको उपचार अस्पतालमै जारी छ । उनलाई केही दिन निगरानीमा राखिने चिकित्सकले बताएका छन् ।