काठमाडाैं । पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटमा बिहीबार इस्लामावाद युनाइटेडले क्वेटा क्लाडियटर्ससँग सामना गर्ने भएकाे छ।
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी अनुबन्धित इस्लामावादको यो जारी सिजनमा तेस्रो खेल हो । यसअघिका दुई खेलमा टोलीमा पर्न नसकेका दिपेन्द्र बिहीबार डेब्यू गर्ने प्रयासमा हुने भएका छन् । इस्लामावाद र क्वेटाबीचको खेल बिहीबार दिउँसो सवा ३ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट रंगशालामा हुने भएकाे हाे ।
यस सिजनको पिएसएलको लागि दिपेन्द्र सिंह ऐरी ३१ लाख नेपाली रुपैयाँमा इस्लामावादमा अनुबन्धन भएका थिए । इस्लामावाद ८ टोली समावेश लिगको छैठाैं स्थानमा छ । लिगको पहिलो स्थानमा मुल्तान सुल्तान रहेको हाे ।








प्रतिक्रिया दिनुहोस्