काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएकाे छ।
भारतकाे कोलकताको इडन गार्डेन्स रंगशालामा बिहीबार राति पौने ८ बजेदेखि कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएकाे हाे। आईपीएलको जारी सिजनमा कोलकता र हैदरावाद पहिलो खेलमा पराजित भएका थिए । कोलकतालाई मुम्बई इन्डियन्सले ६ विकेटले पराजित गरेकाे थियो । हैदरावादलाई भने रोयल च्यालेन्जर्स बैगलाेरले पनि ६ विकेटले नै पराजित गरेको थियो । बिहीबारकाे खेल जित्दै कोलकता र हैदरावाद अंकको खाता खोल्न चाहन्छन् ।
साथै आईपीएल क्रिकेटमा बुधबार दिल्ल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेकाे थियो ।








प्रतिक्रिया दिनुहोस्