Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


काठमाडाैंकाे बालाजु बाइसधारा मेलामा स्नान गर्ने भक्तजनको भीड


351
Shares

काठमाडाैं । काठमाडाैंको बालाजु बाइसधारामा मेला लागेको छ ।

चैत शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु भीड लागेकाे हाे । बाइसधारामा स्नान गर्नाले मुक्तिनाथ र गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।

नेपाल संवत् ८७५ मा तत्कालिन कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएको जनाइएकाे छ। त्यस पछि १८५५ सालमा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको इतिहासमा उल्लेख छ ।