Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


विश्व अटिजम दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी बनाइँदै

भर्चुएल अटिजमको जोखिम पनि बढ्दै

104
Shares

काठमाडाैं । विश्व अटिजम दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

प्रत्येक वर्ष अप्रिल २ तारिखका दिन विश्वभरी विभिन्न सचेतनामुलक कार्यक्रम गरि अटिजम दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २००७ देखि अटिजम दिवश मनाउन शुरु गरेको हो । मस्तिष्क र स्नायू कोषहरूको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप नै अटिजम हो । यसलाई नेपालीमा हृदयकेन्द्रित व्यवहार पनि भनिन्छ । अटिजम विशेषज्ञका अनुसार, व्यक्तिको मस्तिष्कमा स्नायुले राम्रोसँग काम नगर्दा सामाजिक क्रियाकलाप, सञ्चार सीप र कल्पना शक्तिको विकासमा असर पुग्ने गर्दछ ।

अटिजम भएका बालबालिकाहरु दैनिक बोलीचाली तथा सामाजिक रूपमा घुलमिल हुन नसक्ने, एकोहोरो हुने, व्यक्ति र वस्तुप्रति फरक प्रतिक्रिया र व्यवहार देखाउने गर्दछन् । बालबालिकाले एउटै कुरा वा खेलमा अड्किरहने, घुम्ने वस्तुप्रति बढी लगाव राख्ने वा आवाज, प्रकाश वा स्पर्शप्रति बढी वा कम संवेदनशील हुन थाले भने अटिजमको शंका गर्न सकिने चिकित्सकको भनाइ छ । पछिल्लो समय नेपालमा पनि अटिजमको समस्या बढ्दै गएको हाे ।

बालबालिकाहरुले शारिरिक एवं मानसिक क्रियाकलाप नगरेर मोबाइल, टिभी वा कम्प्युटर स्क्रिनमा बढी समय बिताउँदा भर्चुएल अटिजमको जोखिम पनि बढिरहेको छ ।