एजेन्सी । संयुक्त राष्ट्र महासभाले जनादेश सिर्जना, कार्यान्वयन र समीक्षा सम्बन्धी एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।
यो विश्व निकायलाई थप कुशल र प्रभावकारी बनाउने सुधार प्रयासको एक हिस्सा हो । प्रस्तावका शर्तहरूअनुसार महासभाले संयुक्त राष्ट्रका सबै जनादेशहरूको सिर्जना, कार्यान्वयन र समीक्षालाई मार्गदर्शन गर्न निश्चित सिद्धान्तहरूमा सहमति जनाएको छ । यसले संस्थाको कार्यक्षमता बढाउने अपेक्षा गरिएको छ । यस प्रस्तावले संयुक्त राष्ट्र संघको कार्यप्रणालीमा पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
महासभाका सदस्यहरूले यसलाई सुधारको दिशामा एक ऐतिहासिक मोडको रूपमा व्याख्या गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्