Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


साफ यू-२० च्याम्पियनसीपमा बंगलादेश र भारत फाइनलमा प्रवेश

नेपाल र भुटान भने पराजित

364
Shares

काठमाडाैं । साफ यू-२० च्याम्पियनसीप सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा रहेको नेशनल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको हो ।जितसँगै बङ्गलादेश लगातार तेस्रो पटक फाइनल पुगेको छ । नेपाल सन् २०२५ को सेमिफाइनलमा पनि बङ्गलादेशसँगै पराजित भएको थियो । बुधबारै भएको अर्को सेमिफाइनल खेलमा भारतले भुटानलाई ५–० गोलले पराजित गरेकाे छ ।

अब फाइनलमा भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएकाे हाे । फाइनल खेल शुक्रबार राति हुने भएकाे छ । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा श्रीलङ्का र भुटानलाई पराजित गरेको थियो । घरेलु टोली माल्दिभ्ससँग बराबरी खेलेको थियो ।