Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


इन्डोनेसियामा ७ दशमलव ४ म्याग्निच्यूडको भूकम्प

इन्डोनेसिया, फिलिपिन्स र मलेसियामा सुनामी आउने चेतावनी

533
Shares

एजेन्सी । इन्डोनेसियाको उत्तरी मोलुक्का सागरमा ७ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाका अनुसार शक्तिशाली भूकम्पले छिमेकी देशहरूमा समेत सुनामीको चेतावनी दिएको हाे । समुद्रको १० किलोमिटर गहिराइमा केन्द्रविन्दु बनाएर भूकम्प भगएको थियो । अमेरिकी सुनामी चेतावनी प्रणालीले इन्डोनेसिया, फिलिपिन्स र मलेसियाको तटीय क्षेत्रमा भूकम्पको केन्द्रबिन्दुको एक हजार किलोमिटर भित्र खतरनाक सुनामी छालहरू आउन सक्ने बताएको थियो ।

भूकम्पको केन्द्रबिन्दु इन्डोनेसियाको उत्तरी मोलुक्का प्रान्तको टर्नाटे सहरबाट करिब १ सय २० किलोमिटर टाढा थियो ।भूकम्पले टर्नाटे, बितुङ र मानादो शहरमा भवनहरु भत्किएको जनाइएकाे छ ।