काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन र इतर पक्षबीचको विवादले थलिएको छ ।
पुरानो संस्थापनले छुट्टै भेला गरेर पार्टीको आधिकारिक शक्तिकै अभ्यास गर्न थालेपछि यो विवाद निकै चुलिएको छ । यो समूहले अहिले पनि आफूलाई नै आधिकारिक कांग्रेस घोषणा गर्दै आइरहेको छ ।
त्यसका लागि यो समूह सर्वोच्च अदालतसम्म पुगेको छ । तर, अदालतले विशेष महाधिवेशनलाई नै वैधानिकता दिएमा के गर्ने भन्नेमा चाहीँ उनीहरुमा अन्योल रहेको छ । एक रिपोर्ट ।
विशेष महाधिवेशनपछि भताभुङ्ग अवस्थाबाट गुज्रिएको कांग्रेस झन् झन् विवादको भुँमरीमा फस्दै गएको छ । विशेष कि नियमति महाधिवेशन भन्ने विवाद विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएर अघि बढिसक्दा पनि अर्को पक्षले नयाँ नेतृत्व स्वीकार नगर्दा पार्टी लगभग विभाजित अवस्थामा पुगेको देखिएको छ ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वले बाँडेको टिकट लिएर चुनावमा गएको पुरानो संस्थापन अर्थात शेरबहादुर देउवा पक्षले चुनावपछि आफूलाई आधिकारिक कांग्रेस दाबी गर्दै सोही अनुसारको अभ्यास गर्न थालेको छ ।
विशेष महाधिवेशनलाई नै कानुनी चुनौति दिएको र मुद्धा विचाराधीन रहेको देउवा पक्ष अदालतले १४ औं महाधिवेशनलाई नै वैधानिकता दिनेमा आसावादी छ । तर अदालतले विशेष महाधिवेशनलाई नै वैधानिकता दियो भने के गर्ने भन्नेमा चाहीँ उनीहरु अन्न्यौलमा छन् ।








प्रतिक्रिया दिनुहोस्