Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


एमालेले विज्ञसहितको ७ सदस्यीय कार्यदल गठन


2.7k
Shares

काठमाडाैं । नेकपा एमालेको संसदीय दलको पहिलो ऐतिहासिक बैठकले उपाध्यक्ष रामबहादुर थापालाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको छ ।

नयाँ निर्वाचनपछिको पहिलो बैठकले थापालाई दलको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको हो । संसदीय दलका नेता थापाकाअनुसार बैठकले संसदीय प्रक्रियालाई प्रभावकारी आगामी २१ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै सदनका सदस्यहरूका लागि एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ ।

यस कार्यक्रमले नयाँ र पुराना सांसदहरूलाई संसदीय मर्यादा र प्रक्रियाबारे प्रशिक्षित गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, संसदमा दर्ता हुने र छलफलमा आउने विधेयकहरूलाई गहन अध्ययन गर्न र पार्टीको धारणा तय गर्न एमालेले विज्ञहरूसहितको ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

यो कार्यदलले विधेयकहरूमाथि विज्ञहरूसँग परामर्श गरी संसदीय दललाई सुझाव दिनेछ । बैठकले संसदीय मोर्चालाई पार्टीको नीति र घोषणापत्र अनुसार अगाडि बढाउने संकल्प समेत गरेको छ ।