Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ : रामबहादुर थापा


2.2k
Shares

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सत्तापक्ष (रास्वपा) सँग संसदीय अंकगणित भएपनि वास्तविक जनमत भने प्रतिपक्षको पक्षमा रहेको दाबी गर्नुभएको छ ।

बुधवार पार्टी कार्यालयमा संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । थापाकाअनुसार कुल खसेको १ करोड ८ लाख मतमध्ये रास्वपाको पक्षमा ४७ प्रतिशत अर्थात झन्डै ५१ लाख मत मात्र परेको छ । बाँकी ५३ प्रतिशत मत रास्वपाको विरुद्धमा अर्थात प्रतिपक्षमा रहेका दलहरूको पक्षमा रहेको उहाँको तर्क छ । उहाँले नेपाली काँग्रेस, एमाले, नेकपा र मधेसवादी दलहरूलाई जनताले प्रतिपक्षको भुमिका दिएको र यो भुमिकालाई दृढतापूर्वक निर्वाह गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदीय अंकगणितले रास्वपा बहुमतमा देखिए पनि जनमतको हिसावले ऊ अल्पमतमा छ र प्रतिपक्ष बहुमतमा छ ।’ निर्वाचनको पूर्ण समीक्षा आगामी केन्द्रिय समितिको बैठकमा गरिने भएपनि प्रारम्भिक रूपमा जनमतको यो अवस्थालाई एमालेले आफ्नो शक्तिको रूपमा बुझेको छ ।