Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


रुसी सैन्य विमान दुर्घटना २९ जनाको मृत्यु


0
Shares

काठमाडौं ।
रुसी सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको रूसको रक्षा मंन्त्रालयले जनाएको छ ।

सैन्य पारवहन विमान क्राइमियामा उडान भरिरहेको बेला दुर्घटना भएकाे हाे । रुसी सैन्य पारवहन ए.एन–२६ विमान, विशाल चट्टानसंग ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

कृष्णसागरको तटसम्म विशाल पर्वत श्रृंखलाले घेरिएको स्थानमा दूर्घटना भएको हो । दुर्घटनाबाट विमानमा रहेका सवै २९ जनाको मृत्यु भएको हो ।

प्रारम्भिक अनुसन्धानमा इन्जिनमा अचानक आएको गडबडीका कारण दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारण यकिन गर्न थप अनुसन्धान भईरहेको रुसी अघिकारीहरुले बताएका छन् ।