Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन


247
Shares

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गर्नुभएको छ ।

मन्त्री गुरुङले बुधवार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाँले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

गृहमन्त्री गुरुङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराउनुभएको थियो ।