Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पश्चिम एशियामा जारी द्धन्द्धको प्रभाव अध्ययनका लागि कार्यदल गठन


0
Shares

काठमाडाैं । एक महिनादेखि पश्चिम एशियामा जारी द्धन्द्धका कारण परेको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन गरिएको हो । कार्यदलले युद्धका कारण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गर्नेछ र आवश्यक नीति तथा रणनीति तयार गर्नेछ । त्यस्तै , मध्यपूर्वको तनावले विकसित हुँदै गएको परिस्थितिका कारण वैदेशिक रोजगारी, आपूर्ति शृंखला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्ने बहुआयामिक प्रभावको मूल्यांकन तथा व्यवस्थापनको सुझाव पेश गर्ने भएकाे हाे । यसकाे बारेमा कार्यदलले सात दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत कार्ययोजना सुझावसहित प्रतिवेदन पेश गर्ने भएकाे छ ।

त्यसपछि सरकारले प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने भएकाे हाे।