Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


सुनचाँदीको मूल्यमा उकालाे यात्रा कायमै…


1.7k
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

मंगलबार प्रतितोला ६ हजार सात सय रूपैयाँ र बुधबार सात हजार चार सय रूपैयाँ गरी यो दुई दिनमा सुनको मूल्य तोलामा १४ हजार एक सय रूपैयाँँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बुधबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार ६ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।