एजेन्सी । इरानले अमेरिकी र इजरायलकाे संयुक्त हवाई आक्रमणका कारण इरानका अधिकांश ऐतिहासिक भवनहरू ध्वस्त पारेको र विश्वविद्यालयहरूमा क्षति पुर्याएको दावी गरेकाे छ।
युनेस्कोका लागि इरानी राष्ट्रिय आयोगका महासचिव हसन फर्तौसीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा सोही क्षतिको विवरण प्रश्तुत गर्नुभएको ‘स्टुडेन्ट न्युज नेटवर्क’ले जनाएको हाे । उहाँले यी आक्रमणहरूले सांस्कृतिक सम्पदा, ऐतिहासिक स्थल र शैक्षिक संस्थाहरूमा गम्भीर क्षति पुर्याएकाे बताउनुभयाे । महासचिव फर्तौसीले प्रभावित कतिपय भवनहरू सयौं वर्ष पुराना थिए र तिनलाई कहिल्यै जीर्णोद्धारको आवश्यकता नपरेको बताउनुभएकाे छ ।
उहाँले ती संरचनाहरू ‘पूर्ण रूपमा ध्वस्त’ भएको र आक्रमणले ‘इरानको ऐतिहासिक पहिचानको महत्वपूर्ण हिस्सा’ मा आघात पुर्याएको बताउनुभयो । महासचिव फर्तौसीले विशेष गरी सफाविद राजवंश ९१५०१–१७३६० का संरचनाहरूमा पुगेको क्षतिको उल्लेख गर्नुभएकाे छ । आयोगले क्षतिको प्रमाण संकलन गरी युनेस्कोमा बुझाइसकेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्