Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कांग्रेसकाे केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै


455
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्ने भएकाे छ।

बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएकाे हाे । पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल गर्ने बुझिएको छ ।

कांग्रेसले केन्द्रीय अनुशासन समितिका सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि सूचनामार्फ अनुरोध समेत गरेकाे हाे ।