Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


इरानबाट अमेरिकी सेना फिर्ता हुने राष्ट्रपति ट्रम्पको घोषणा

इरानसँग सम्झौता हुनु वा नहुनुले खासै अर्थ नराख्ने जिकिर

4.1k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने घोषणा गर्नुभएको छ ।

ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ दावी गर्नुभएको हो । इरानसँग सम्झौता हुनु वा नहुनुले अब खासै अर्थ नराख्ने पनि उहाँको टिप्पणी छ । उहाँले इरानी शासनले आगामी कैयौँ वर्षसम्म परमाणु हतियार बनाउन नसक्ने कुरामा अमेरिका निश्चित भएपछि सेना पूर्ण रूपमा फर्कने प्रस्ट पार्नुभयो । यसैबीच, राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई समेत कडा चेतावनी दिँदै हर्मुज बाट तेल आपूर्तिका लागि आफैँ लड्न सुझाव दिनुभएको छ ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले उक्त मुख्य व्यापारिक मार्गमा जहाजको चहलपहल बढिरहेको बताए पनि कूटनीतिक विश्लेषकहरूले भने हर्मुजमा इरानको पकडलाई चुनौती दिन अझै कोही तयार नभएको उल्लेख गर्नुभयाे । राष्ट्रपति ट्रम्पको यो पछिल्लो घोषणाले पश्चिम एशियाकाे सुरक्षा राजनीतिमा नयाँ हलचल ल्याउने देखिएको छ।