काठमाडौं । एएफसी एसियन कप छनोटमा लाओस विजयी भएकाे छ ।
लाओसको नेशनल स्टेडियममा मंगलबार भएको खेलमा नेपाल लाओससँग १–० गाेल अन्तरले पराजित भएको हाे। यसअघि पहिलो लिगमा नेपाल लाओससँग २–१ गाेलले पराजित भएकाे थियाे । नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४८औं मिनेटमा लाओसले गोल गर्यो । त्यही गोल नै खेलमा निर्णायक भयो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि पहिलो खेल नै सुखद हुन सकेन । लाओसले ६ अंक जोडेको छ भने नेपाल ३ अंकसहित छनोटबाट बाहिरिएको हाे । मलेसिया कारबाहीमा पर्दा नेपालले ३ अंक पाएको छ ।








प्रतिक्रिया दिनुहोस्