Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


संघीय संसद सचिवालयको आह्वानमा आज सिंहदरबारमा सर्वदलीय बैठक बस्दै


559
Shares

काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बुधबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने जानकारी दिनुभएकाे हाे । बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने उहाँकाे भनाइ छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका हुन् ।साेही दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्ने भएकाे छ ।